आजदेखि प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुले पार्टीका नेता कार्यकर्तालाई पेरिसडाँडामा भेट्ने

0
409
adCustom Text

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि हरेक शुक्रबार पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने भएका छन् । सोही क्रममा प्रधानमन्त्री प्रचण्ड आज बिहान आठ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् ।

माओवादी केन्द्रले २०८० साल वैशाख १ गतेदेखि प्रधानमन्त्रीसँगै माओवादीबाट मन्त्री बनेकाहरुलाई केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने व्यवस्था मिलाउने निर्णय यसअघि गरेको थियो । सोही अनुसार प्रधानमन्त्री प्रचण्ड बिहानै केन्द्रीय कार्यालय पुगेका हुन् ।

माओवादी मन्त्रीहरुसँग भने अपराह्न ४ बजेदेखि ६ बजेसम्म भेट्ने समय निर्धारण गरिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । कार्यालय समयमा मन्त्रीहरुलाई काममा डिस्टर्ब नहोस् र मन्त्रीहरुले सरकारकै काममा ध्यान दिउन् भनेर अपराह्न ४ बजे पछिको समय पार्टी कार्यालयमा दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

कार्यालय समयमा मन्त्रालय र निवासमा प्रधानमन्त्री तथा मन्त्रीहरुसँग भेट्नेहरुको भिडभाड हुन थालेपछि त्यसलाई व्यवस्थित गर्नुपर्ने भनेर माओवादी पदाधिकारी बैठकमा छलफल भएको थियो । सोही छलफलको आधारमा प्रधानमन्त्री र मन्त्रीहरुसँग सबैले सजिलै भेट्न पाउन् भनेर पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरिएको सचिव ढकालले जानकारी दिए ।

भेटघाट व्यवस्थित गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हेल्प डेस्क स्थापना गरिएको छ । सचिव ढकालका अनुसार हेल्प डेस्कमा खटिने कार्यालयका कर्मचारीले भेट्न खोज्नुको कारणसहितको विवरण टिपेर भेटघाटमा सहजीकरण गरिदिनेछन् ।

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here